• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विमला वलीको भाईरल फोटो, यो हो वास्तविकता !

विमला वलीको भाईरल फोटो, यो हो वास्तविकता !


समायोजन खबर
  • बिहिबार, भाद्र ३ २०७८

  • समायोजन खबर, लुम्बिनी प्रदेश सभाकी सांसद विमलाकुमारी खत्री वलीले परपुरुषसँगको फोटो जोडजाड पारेर आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै आपत्ति जनाएकी छन्।

    वाईसीएल कार्यकर्ता एकराज बस्नेत र आफू सँगै रहेको तस्बिर सामाजिक सञ्जालमा राखेर मानिसले नकारात्मक टिकाटिप्पणी गर्न थालेपछि सांसद वलीले खण्डन गरेकी हुन्। जुन तस्बिरमा सांसद वलीले बस्नेतको गालामा चुम्बन गरिरहेको देखिन्छ।

    राजनीतिक प्रतिशोध साँधेर फसाउन खोज्ने झुण्डले आफ्नो चरित्र हत्या गर्न खोजेको सांसद वलीको दाबी छ। ‘साइबर स्यालहरूबाट चरित्र हत्याको दुष्प्रयास भएको दाबी गर्दै उनले यसमा संलग्नहरूलाई कारबाही गर्न सम्बन्धित निकायसँग मागसमेत गरेकी छन्।

    ‘सामाजिक सञ्जालमा मेरो फोटोलाई फोटोसपबाट मिलाएर जुन किसिमले चरित्र हत्या गर्ने दुष्प्रयास गरियो यसको म कडाभन्दा कडा निन्दा गर्न चहान्छु,’ उनले विज्ञप्तिमा भनेकी छन्, ‘एकाएक मेरो फोटो जोडेर आउँदा म आफैं आश्चर्यचकित भएकी छु। म यो घटनामा सम्बन्धित छैन र जानकार पनि छैन।’

    एमालेले आफूसँगै रहन तीव्र दबाब दिएकी सांसद वलीले पत्रकार सम्मेलन गरी आफू माओवादी केन्द्रमै रहेको घोषणा गरेकी थिइन्। लुम्बिनी प्रदेशमा एमाले नेता शंकर पोखरेलको सरकार ढाल्न पनि उनी नै निर्णायक भएकी थिइन्।

    ‘माओवादी केन्द्र रोजेपछि केही तत्वहरुबाट ममाथि पटक–पटक आक्रमण गर्ने प्रत्यत्न गरिरहेका थिए, मुख्यमन्त्री कार्यालयमा एक हप्ता बन्धक बन्नु पनि त्यसैको उपज थियो,’ सांसद वलीले विज्ञप्तिमा लेखेकी छन्, ‘अहिले पनि पटक–पटक मलाई पार्टी परित्याग गर्न दवाब आइरहेको थियो। तर, म आफ्नो पार्टीप्रति प्रतिबद्ध हुँदा मेरो राजनीतिक जीवनलाई धरापमा पार्ने दुष्प्रयास स्वरूप नै मेरो चरित्र हत्या गर्न खोजिएको हो। यसमा कोही पनि भ्रममा नपर्न अनुरोध गर्दछु।’

    यस्तै वाईसीएल कार्यकर्ता बस्नेतले पनि आफ्नो फेसबुक आइडी ह्याक गरी भ्रम छर्न खोजेको दाबी गरेका छन्। ‘मेरो फेसबुक कसैले ह्याक गरेर फोटो इडिट गरी भ्रमको खेती गरिएकोमा दुःखित र गम्भीर बनाएको छ,’ बस्नेतले फेसबुकमा लेखेका छन्, ‘नाताले विमला मेरो दिदी हुनुहुन्छ, राजनीतिक प्रतिशोध साँधेर चरित्र हत्या र बदनाम गर्न खोजिएको छ।’

    तत्कालीन नेकपाबाट उपनिर्वाचन जितेर लुम्बिनी प्रदेश सभाको सांसद बनेकी वली नेकपा खारेजपछि माओवादी केन्द्रमा आबद्ध भएकी छन्।

    सांसद वली विवाहित हुन् भने उनको पतिको निधन भइसकेको छ। दाङ निर्वाचन क्षेत्र नम्बर ३ ख बाट निर्वाचित पति उत्तरकुमार वलीको मृत्यु भएपछि उनी उपनिर्वाचनमा उम्मेदवार बनी विजयी भएकी हुन्। वाईसीएल कार्यकर्ता एकराज बस्नेत पनि विवाहित हुन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology