• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

१८ केन्द्रीय सदस्यसहित २० जनाद्वारा उपेन्द्र यादव समुह परित्यागको घोषणा

१८ केन्द्रीय सदस्यसहित २० जनाद्वारा उपेन्द्र यादव समुह परित्यागको घोषणा


समायोजन खबर
  • मंगलबार, भाद्र १ २०७८

  • समायोजन खबर खोटाङ, जनता समाजवादी पार्टी नेपालका १८ जना केन्द्रीय सदस्यसहित २० जनाले उपेन्द्र यादव समूह छाडेको घोषणा गरेका छन्। आज राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बिष्णु जंग बस्नेतसहित १८ जना केन्द्रिय सदस्य र २ जिल्ला सदस्यहरुले जसपाको उपेन्द्र यादव समूह परित्याग गर्ने घोषणा गर्नुभएको हो।

    उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरम नेपालले पार्टी एकता गर्दा गरेको प्रतिवद्धतालाई लत्याउदै पार्टीलाई केही व्यक्तिको प्राइभेट लिमिटेडको रुपमा चलाएको आरोप समेत उहाँहरुले लगाउनु भएको छ।

    पत्रकार सम्मेलनमा बोल्दै जसपाका केन्द्रिय सदस्य समेत रहनु भएको भाडावाल सरोकार समाजका अध्यक्ष बिष्णु जंग बस्नेतले आजदेखि वाध्य भएर उपेन्द्र यादवको समूह परित्याग गरेको घोषणा गर्नुभयो।

    उहाँले भन्नुभयो, ‘देश २०७२ सालको भुकम्प र कोरोना महामारीमा जनताहरु प्रताडित हुँदाखेरी यो पार्टीले जनतालाई केही दिन सकेन।’ उहाँले १८ महिना उपेन्द्र यादव उप–प्रधान तथा स्वास्थ्यमन्त्री बनेर आफूले मात्र कमाएर जनतालाई केही नदिएको आरोप समेत लगाउनुभयो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology