• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कुलमानले कति खान्छन् तलव ? के-के छ सुविधा ? जान्नुहोस

कुलमानले कति खान्छन् तलव ? के-के छ सुविधा ? जान्नुहोस


समायोजन खबर
  • मंगलबार, भाद्र १ २०७८

  • नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान सिघिङ।

    समायोजन खबर, नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकका रुपमा कुलमान सिघिङको दोश्रो इनिङ सुरु भएको छ। सरकारले चौतर्फी प्रसंसा बटुलेका घिसिङलाई ४ बर्षका लागि दोश्रो पटक प्राधिकरणको जिम्मा लगाएको हो।

    जनताको चर्को दवाव, सक्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अडान र प्रधानमन्त्री शेरबहादुर देउवाको समर्थनमा उनलाई पुनः प्राधिकरणमा ल्याइएको हो। यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले घिसिङलाई नियुक्ती गर्न आनाकानी गरेको थियो।

    सरकारले ‘लौरो पनि नभाँचिने, सर्प पनि मर्ने’ गरी परिपक्क निर्णय गर्दै प्राधिकरणका निवर्तमान कायकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई उपयुक्त स्थान दिएर घिसिङलाई ४ वर्षका लागि नियुक्त गरेको हो।

    उनको नियुक्तीसँग सेवा सुविधाका विषयमा पनि चर्चा हुन थालेको छ। कुलमानको तलव मासिक २ लाख २१ हजार रुपैयाँ छ। उनलाई कार्यसम्पादन मूल्याङ्कनका आधारमा प्राधिकरणले प्रोत्साहन भत्ता पनि दिन्छ।

    त्यसको अलवा ‘लिडरसिप एलाउन्स’मा थप दुई लाख गरेर घिसिङले मासिक ४ लाख २१ हजार बुझ्ने छन्। उनको सहयोगीको रुपमा एक जना शाखा अधिकृत र दुई जना सुब्बा सरहका कर्मचारीहरु रहने छन्। एउटा गाडी र ड्राइभर पनि उनले राख्न पाउने प्राधिकरण श्रोतको भनाई छ।

    सेवासुविधा भन्दा पनि उनको कामलाई धेरै नेपालीले मन पराएका छन्। दैनिक १८ घण्टासम्म हुँदै आएको लोडसेडिङलाई एकाएक अन्त्य गरेपछि उनको चौतर्फी प्रसंसा भएको थियो। लोडसेडिङ हटाएकै कारण कतिपयले कुलमानलाई भगवानको संज्ञा पनि दिदै आएका छन्।

    दोश्रो पटक नियुक्त भएका घिसिङले प्राधिकरणमा दोश्रो इनिङ आफ्नो जीवनकै ठूलो चुनौती भएको बताएका छन्। पदभार ग्रहण गर्नेक्रममा नवनियुक्त कार्यकारी निर्देशक घिसिङले भने, ‘दोस्रो इनिङ स्वीकार गरेर मैले ठूलो चुनौती स्वीकार गरेको छु। यो मेरो जीवनकै सबभन्दा ठूलो चुनौती जस्तो लाग्छ।’मोटिभेट न्यूज

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology