समायोजन खबर खोटाङ,खोटाङका फर्निचर व्यवसायी निरकुमार श्रेष्ठ र मुगा श्रेष्ठले नेपाल पत्रकार महासंघ शाखा खोटाङलाई फर्निचर सहयोग गरेका छन्। दिक्तेलबजारमा सञ्चालित एनएस फर्निचर उद्योगका सञ्चालक श्रेष्ठ दम्पत्तीले नेपाल पत्रकार महासंघ शाखा खोटाङलाई १८ हजार मूल्य पर्ने एक थान टेवल प्रदान गरेका हुन्।
पत्रकार आपतकालीन सहायता कोष निर्माण अभियानमा जुटेको महासंघलाई फर्निचर व्यवसायी निरकुमार श्रेष्ठले शुक्रबार टेवलको घर्राको चाँबी नेपाल पत्रकार महासंघ शाखाका अध्यक्ष दिलीप खत्रीलाई हस्तान्तरण गरेका छन्। व्यवसायी श्रेष्ठ दम्पत्तीले पत्रकार महासंघको दिक्तेलको भवनगैरास्थित सम्पर्क कार्यालय व्यवस्थापनका लागि फर्निचर निःशुल्क उपलव्ध गराएका हुन्।
आपतकालीन सहायता कोषका लागि सहयोग रकम जुटिरहेको बेला श्रेष्ठ दम्पत्तीले भने पत्रकार महासंघलाई फर्निचर सहयोग गरेको बताएका छन्।
विभिन्न समस्यामा परेका पत्रकारको सहयोगार्थ स्थापना गरिएको आपतकालीन सहायता कोषमा हालसम्म ११ लाखभन्दा बढी रकम जम्मा भइसकेको महासंघका अध्यक्ष खत्रीले बताए।
महासंघको गत जेठ ९ गतेको निर्णय अनुसार जिल्लामा क्रियासिल पत्रकारको हितमा उपयोग गर्नेगरी आपतकालीन सहायता कोष स्थापना गरिएको हो। पत्रकार महासंघको साधारण सदस्य रहेर पत्रकारिताका क्षेत्रमा क्रियाशील रहेको अवस्थामा कुनै दुर्घटनामा गम्भीर भई अस्पताल लैजानु परेमा, अंगभंग भएमा वा जटिल किसिमको रोगको उपचार गर्नु परेमा, दुर्घटनाका कारण निजको मृत्यु भएमा, बाढीपहिरोले घरमा क्षति पुगेमा आर्थिक सहयोग गर्ने गरी पत्रकार महासंघले कोष स्थापना गरेको हो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology