समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा थप ३,४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५६ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३ हजार ४८१ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ९०७ जनाको पिअिसार परीक्षण गर्दा २ हजार ६१६ र र ५ हजार ७४९ जनाको एन्टीजेन परीक्षण गर्दा ६५जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ८८५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ३० जना संक्रमितको मृत्यु भएको छ। देशभर ३८ हजार ३३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रदेश नं १ मा ८८५ जनामा कोरोना
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ८८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा एक हजार ५४२ को पिसिआर परीक्षण गर्दा ४९१ र एक हजार ४८६ को एन्टिजेन परीक्षण गर्दा ३९४ मा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा २२६, मोरङमा १३६ मध्ये विराटनगरमा ५५, सुनसरीमा ७३, धनकुटामा १४, इलाममा नौ, तेह्रथुममा छ, उदयपुरमा तीन, पाँचथर, ताप्लेजुङ, ओखलढुङ्गा, सङ्खुवासभा, खोटाङ र भोजपुरमा एकएक र प्रदेश बाहिरका १८ मा सङ्क्रमण देखिएको हो सोही अवधिमा प्रदेशमा आज ५४२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्।
सङ्क्रमणमुक्त हुनेमा २७२ महिला र २७० पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट चार महिलासहित १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology