समायोजन खबर खोटाङ, रियालिटी सो ‘द भ्वाईस अफ नेपाल’ सिजन ३ का प्रतिस्पर्धी ज्वाला राईलाई खोटाङबाट २७ हजार बढी भोट गएको छ। खोटाङ खार्मीका एलवि मगरको संयोजकत्वमा बनेको ‘ज्वाला राई जिताउ अभियान’का १०१ सदस्यीय समितिको पहलबाट २७ हजार १ सय भोट गएको हो।
९ साउनबाट २३ साउनसम्म १५ दिन चलाएको अभियानले संकलन गरेको ८१ हजार ३ सय रुपैयाँले उक्त भोट गरिएको ज्वाला राई जिताउ अभियानले जनाएको छ।
भोटका लागि विदेशबाट ३१ हजार, जिल्लाबासीवाट ५० हजार ३ सय रकम संकलन भएकोे संयोजक मगरले बताए।
द भ्वाईस अफ नेपालको ग्रान फिनालेमा राईसहित किरण गजमेर, तारा श्रीष मगर, आर्यन तामाङ छन्। अहिले हिमालय टेलिभिजनमा ग्रान फिनाले प्रसारण भईरहेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology