• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीवीच कार्य सम्पादन सम्झौता

मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीवीच कार्य सम्पादन सम्झौता


समायोजन खबर
  • बुधबार, साउन २० २०७८

  • समायोजन खबर खोटाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री उषाकला राईवीच मंगलबार कार्र्य सम्पादन सम्झौता भएको छ। मुख्यमन्त्री कार्यालयमा आयोजित एक कार्यक्रमकावीच उहाँहरुवीच कार्यसम्पादन सम्झौता भएको हो।

    प्रदेश १ सरकारको काम कारवाहीलाई पारदर्शी, नतिजामुलक एवं उपलब्धिमा आधारित बनाउन ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा, प्रदेश सरकारको प्रथम आवधिक योजना उल्लिखत ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माणको दीर्घकालिन सोच प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ को नियम ६ बमोजिम कार्य जिम्मेवारी पुरा गर्न, विभागिय मन्त्रीका रुपमा कामको फस्र्यौट गर्न र प्रदेश सुशासन ऐन र नियमावलीको व्यवस्थालाई आत्मासाथ गर्दै मुख्यमन्त्री राई र सामाजिक विकास मन्त्री राईवीच कार्र्य सम्पादन सम्झौता भएको हो।

    सम्झौता अनुसार सामाजिक विकास मन्त्री राईले नेपालको संविधान अनुसूची ६, ७ र ९ र प्रदेश सरकार नियमावली २०७४ को नियम ५ सँग सम्वन्धित विषय संख्या ५ बमोजिम कार्ययोजना बनाई कार्यसम्पादन गर्ने व्यवस्था मिलाउने उल्लेख छ।

    कार्यसम्पादन सम्झौता अनुसार मुख्यमन्त्री राईबाट नियमित अनुगमन तथा मन्त्रालय स्तरिय समस्या समाधान समितिमा समीक्षा हुने उल्लेख गरिएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology