• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङका यातायात व्यवसायीहरुले सार्वजनिक यातायातमा बढायो भाडा

खोटाङका यातायात व्यवसायीहरुले सार्वजनिक यातायातमा बढायो भाडा


समायोजन खबर
  • सोमबार, साउन १८ २०७८

  • बृद्धि भएको भाडादर सार्वजनिक गर्दै खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङ।

    समायोजन खबर खोटाङ, खोटाङका यातायात व्यवसायीहरुले लामो दुरीको सार्वजनिक यातायातमा भाडा बढाएको छ। जिल्लामा रहेका दश वटा यातायात व्यवसायीहरुले संयुक्त रुपमा सार्वजनिक यातायातमा २८ प्रतिशतले भाडा बृद्धि गरेका हुन्।

    यातायात व्यवसायीहरुले सोमबार दिक्तेलस्थित रत्नपार्क जिरोप्वईन्टमा एक कार्यक्रम गरी नयाँ भाडादर सार्वजनिक गरेका छन्। सार्वजनिक गरिएको भाडादर अनुसार अब बसमा दिक्तेलबाट काठमाण्डौ, ईटहरी, धरान जान १ हजार ५३६, दिक्तेल–बिराटनगर १ हजार ६ सय, दिक्तेल–काकडभित्ता १ हजार ७२८ र दिक्तेल–गाईघाट १ हजार २४ रुपैयाँ लाग्नेछ।

    जिपमा दिक्तेलबाट काठमाण्डौ जान १ हजार ८५६, दिक्तेलबाट ईटहरी जान २ हजार २ सय, दिक्तेलबाट धरान पुग्न २ हजार २४०, दिक्तेलबाट बिराटनगर र काकडभित्ता पुग्न २ हजार ३०४ र दिक्तेलबाट गाईघाट जान १ हजार ५३६ रुपैयाँ भाडा लाग्ने खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए। बृद्धि भएको भाडादर मंगलबारदेखि लागू हुनेछ।

    २०७८ असार २७ गते नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमति र यातायात व्यवस्था विभागले अन्तरप्रदेश सञ्चालन हुने यात्रुवहाक बसमा २८ प्रतिशत भाडादर बृद्धि गर्ने निर्णय गरेपछि सोही अनुसार भाडा बृद्धि गरिएको महासचिव हिङमाङले बताए।

    २०७५ असोज ७ गते बजार अध्ययन नभई १० प्रतिशत भाडा बृद्धि भएको थियो। त्यसपछि लामो समय भाडा बृद्धि भएन। ईन्धनको मुल्य बढेको बढ्यै, चालक, सहचालकको पारीश्रमिक बढ्यो, टायर, गाडीको पाटपुर्जाको मुल्यबृद्धि, मिस्त्री ज्याला बृद्धि, करमा बृद्धि, रुट परमिट, सवारी पास सबैमा मुल्य बढ्यो। महासचिव हिङमाङले भने, माथिबाट अझै २/४ दिन केही निकास आउँछ कि भनेका थियौ। तर केही पनि निकास नआएपछि अन्य जिल्लाहरु जस्तै भाडा बृद्धि गरेका हौ।’

    जिल्लाभित्र चल्ने छोटो दुरीको सार्वजनिक यातायातमा पनि सामान्य भाडा बृद्धि भएको छ। दिक्तेल–निर्मलीडाँडा र दिक्तेल–बुईपा रुटमा मात्रै छोटो दुरीमा सार्वजनिक यातायात सञ्चालन छ। अन्य स्थानमा बर्खाका कारण सडक हिलाम्मे भएकाले सार्वजनिक यातायात सञ्चालन भएको छैन।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology