समायोजन खबर खोटाङ, खोटाङमा शनिबारदेखि ५५ वर्ष माथिकालाई पहिलो मात्राको भेरोसेल खोप लगाईने भएको छ। कोरोना भाईरस विरुद्धको खोप दई नगरपालिका र आठ गाउँपालिकाको ७९ वटा स्वास्थ्य संस्थावाट लक्षित वर्गलाई लगाईने भएको हो।
स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देलका अनुसार दुई दिन (शनिबार र आईतबार) भेरोसेल खोप लगाईनेछ। ५५ वर्ष माथिका नागरिक, ५५ वर्ष माथिका खोप लगाउन छुटेका सवै नागरिक, शिक्षक र कर्मचारी सबैलाई खोप दिईनेछ।
भेरोसेल खोप लगाई सकेपछि तुरुन्तै जोन्सन एण्ड जोन्सन खोप लगाईने स्वास्थ्य कार्यालयले जनाएको छ। जोन्सन एण्ड जोन्सन खोप भने एक डोज मात्रै लगाए पुग्छ। यसअघिका कोभिशिल्ड र भेरोसेल खोप दुई डोज लगाउनु पर्ने मापदण्ड छ।
जिल्लाभर हालसम्म १८ हजार हाराहारीमा कोभिशिल्ड र भेरोसेल खोप लगाईएको छ। कोभिशिल्डको दोश्रो डोज लगाउनेको मात्रा धेरै र भेरोसेल खोपको दोश्रो डोज लगाउनेको मात्रा कम रहेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख सिग्देलले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology