समायोजन खबर खोटाङ, प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १०४ जनामा कोरोना संक्रमण देखिएको छ। १ हजार ७५३ जनाको पीसीआर परीक्षणगर्दा ६५२ र १ हजार ३३१ जनाको एन्टिजेन परीक्षण गर्दा ४५२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३०७, सुनसरीमा १७७, मोरङमा १२३, धनकुटामा १४, इलाममा ९, संखुवासभा, ते¥हथुम, भोजपुर र उदयपुरमा २–२, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको छ।
प्रदेश १ मा आज ३८२ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १७६ महिला र २०६ पुरुष संक्रमणमुक्त भएका छन्। प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ महिला र ४ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology