• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

राष्ट्रपति महिला उत्थान कार्यक्रम : १३ जना गर्भवती तथा सुत्केरीको उद्धार

राष्ट्रपति महिला उत्थान कार्यक्रम : १३ जना गर्भवती तथा सुत्केरीको उद्धार


समायोजन खबर
  • बिहिबार, साउन ७ २०७८

  • खोटाङको स्थानीय हेलिप्याडबाट सुत्केरी महिला लिएर काठमाण्डौतर्फ उड्दै हेलिकोप्टर।

    समायोजन खबर खोटाङ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकोे ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत खोटाङका १३ जना महिलाको निःशुल्क हवाई उद्धार गरिएको छ। दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्बन्धि कार्यविधि अनुसार उनीहरुको उद्धार गरिएको हो।

    आर्थिक वर्ष २०७५/०७६ देखि जिल्लामा सुरुवात भएको यस कार्यक्रम अन्तर्गत हालसम्म १३ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ। प्रशासनका अनुसार केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाकी १९ वर्षीया मन्दिरा विक, जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी २२ वर्षीया अनिता राई, ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्ककी २५ वर्षीया सिर्जना तामाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी २८ वर्षीया एलिना कार्कीको उद्धार गरिएको हो।

    खोटेहाङ गाउँपालिका–३ सवाकटहरेकी १७ वर्षीया विमामाया विक, दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माकी ३६ वर्षीया वविता राई, केपिलासगढी गाउँपालिका–७ सुङदेलकी १९ वर्षीया रमिला राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीकी २८ वर्षीया रेणुका वन गिरी, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारकी २३ वर्षीया रबिता राई, खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपोखरीकी २३ वर्षीया विष्णु राई खत्री, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ चिउँरीडाँडाकी २४ वर्षीया शान्ता कटवाल, साकेला गाउँपालिका–४ मात्तिमकी २५ वर्षीया सरस्वती कटवाल र जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयकी २७ वर्षीया शिव कुमारी सापकोटाको उद्धार गरिएको छ।

    उद्धार गरिएका गर्भवती तथा सुत्केरी महिलाहरुको प्रसुती गृह थापाथली र बिराटनगरमा उपचार भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी १९ वर्षीया जुनकला राईको उद्धारमा हेलिकोप्टर आउन नसकेको र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी १९ वर्षीया सिर्जना विकको उद्धारका लागि हेलिकोप्टर आए पनि मौसम खराबका कारण उद्धार हुन नसकेको र उनको जिल्ला अस्पतालमा सफल उपचार भएको प्रशासनले जनाएको छ।

    लगातार लामो व्यथा लागि बच्चा जन्माउन कठिनाई भएमा, गर्भमै बच्चाको मृत्यु भएमा, गर्भवती अवस्थामा अत्याधिक रक्तश्राव भएमा, रक्त अल्पता भएमा, वर्थिङ सेन्टरमा सुत्केरी गराउदा अचानक आमाको अवस्था असामान्य भएर अत्याधिक रक्तश्राव भई बेहोस भएमा, विभिन्न खालका कम्पन आएमा, आमा र बच्चा दुवैको ज्यान जोखिम भएमा स्वास्थ्य कार्यालय, जिल्ला अस्पतालको शिफारिसका आधारमा स्थानीय प्रशासनले हवाई उद्धारका लागि प्रक्रिया अघि बढाएर हेलिकोप्टर झिकाउने गरेको छ।

    निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम लागू भएपछि दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुले अकालमै ज्यान गुमाउनु नपरेको स्थानीयहरुको भनाई छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology