समायोजन खबर खोटाङ, प्रदेश १ मा आज ६३५ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा २५७, झापामा १७२, सुनसरीमा १५८, ते¥हथुममा ९, इलाम र धनकुटामा ७–७, उदयपुरमा ४, ओखलढुङ्गा, पाँचथर र भोजपुरमा २–२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७९ हजार १९० पुगेको छ। संक्रमित भएकामध्ये ७१ हजार ७३३ जना संक्रमणमुक्त भएका छन्। आज ३०७ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या ५ हजार ९७८ रहेको छ।
प्रदेश १ मा आज २ हजार ३०२ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये २९३ महिला र ३४२ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology