समायोजन खबर खोटाङ, प्रदेश १ मा आज ३६६ जना कोरोना संक्रमित थपिएका छन्। सुनसरीमा १३८, झापामा १२२, मोरङमा ८१, धनकुटामा ९, इलाममा ६, उदयपुरमा २, संखुवासभा, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७८ हजार ५५५ पुगेको छ। संक्रमित भएका मध्ये ७१ हजार ४२६ जना संक्रमणमुक्त भएका भएका छन्। सक्रिय संक्रमितको संख्या ५ हजार ६६१ रहेको छ।
प्रदेश १ मा आज १ हजार ४८६ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये १६७ महिला र १९९ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology