• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पत्रकारद्धय लाखे र निरौलाको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न

पत्रकारद्धय लाखे र निरौलाको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न


समायोजन खबर
  • शनिबार, साउन २ २०७८

  • समायोजन खबर खोटाङ, अग्रज पत्रकार एवं विराटनगर प्रेस क्लवका संस्थापक अध्यक्ष जीवेश्वर लाखे र पत्रकार सुरेश निरौलाको निधनको सम्झनामा नेपाल पत्रकार महासंघ मोरङले शनिबार श्रद्धाञ्जली सभा गरेको छ।

    श्रद्धाञ्जली सभामा प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ का कार्यकारी निर्देशक यज्ञ शर्माले नेपाली पत्रकारितालाई जीवनता प्रदान गराउन लाखेले ठुलो भुमिका खेलेको बताउनुभयो। नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरे, मोरङका अध्यक्ष संजीव खनाल, सल्लाकार शंकर खरेल, नेपाल पत्रकार महासंघ मोरङका पुर्व अध्यक्ष शिवबहादुर कार्की, अग्रज पत्रकार रामरिजन यादव, प्रध्यापक चक्रपाणि खनालले पत्रकारद्धय लाखे र निरौलाले पत्रकारिता क्षेत्रमा गरेको योगदानको स्मरण गर्नुभयो।

    श्रद्धाञ्जली सभा कार्यक्रममा जीवेश्वर लाखेको बारेमा पुर्व पत्रकार जनार्दन निरौला र सुरेश निरौलाका बारेमा महासंघ मोरङ सल्लाहकार शंकर खरेलले प्रकाश पार्नुभएको थियो। लाखेको असार २१ र निरौलाको असार ३० गते निधन भएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology