समायोजन खबर खोटाङ, कर्णाली प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ। चालु बजेट अधिवेशन बुधबार राति १२ बजेदेखि अन्त्य भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। कर्णाली प्रदेश सरकारको सिफारिसमा बजेट अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुर प्रसाद सिक्देलले जनाए।
बजेट अधिवेशन अन्त्य भएसँगै कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट अध्यादेशबाट पास गर्ने भएको छ। ‘सरकारले संसदबाटै बजेट पास गराउन धेरै प्रयास गर्यो तर प्रतिपक्ष सहमत भएन,’ सरकारको प्रवत्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सीता कुमारी नेपालीले भनिन्, ‘आज ९बिहीबार० नै अध्यादेशबाट बजेट पास गर्छौं।’
प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०ले संसदमा बजेट प्रस्तुत भएयता १० पटक बैठक अबरुद्ध पारेको थियो। ७ पटक बैठक बसेर पनि कार्यसूचिमा प्रवेश नै नगरी स्थगित भएको थियो भने ३ पटक एमालेको असहमतिका कारण सूचना टाँसेर बैठक स्थगित भयो। १० पटकसम्म प्रयास गर्दा पनि प्रतिपक्षले बजेट पास गर्न नदिएपछि बाध्य भएर अध्यादेश ल्याउने परिस्थिति आएको कर्णाली सरकारको दाबी छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology