समायोजन खबर खोटाङ, नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले सबै नागरिकलाई कोभिडको खोप सहज उपलब्ध गराउने निर्णय गरेको छ।
राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिइसकेपछि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको थियो। बैठकले जतिसक्दो छिटो सबै नागरिकको पहुँचमा खोप पुर्याउने निर्णय गरेको हो।
यस्तै बैठकले सरकारको प्रवक्तामा कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई चयन गरेको छ।
मंगलबार प्रधानमन्त्रीमा देउवासहित ४ जना मन्त्रीहरुले शपथ लिएका लिएका थिए। गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल र कानुनमन्त्री कार्कीसम्मिलित मन्त्रिपरिषद् बैठक केहीबेर बसेको थियो।
बढीमा २५ सदस्यीय मन्त्रीपरिषद् बनाउन सकिने कानुनी प्राबधान छ। अरु मन्त्रीहरु एक दुई दिनमा नै थपिसक्ने तयारी गठबन्धनले गरेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology