समायोजन खबर खोटाङ, गृह मन्त्रालयका अनुसार पछिल्लो तीन महिनामा प्राकृतिक विपद्का घटनामा परेर १ सय १४ जनाको ज्यान गएको छ। वैशाख १ गतेदेखि हिजोसम्मको तथ्याङ्कले पहिरोमा २९, बाढीमा २७ र डुबानमा परेर ८ जनाको ज्यान गएको देखाएको छ।
यस्तै, चट्याङ्गबाट ३५ जना, आगलागीबाट ११, डढेलोबाट ३ जना र हावाहुरीका कारण एक जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । यसपालि अझै ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम धेरै रहेको विज्ञले बताउँदै आएका छन्।
यसैविच, मौसमविद् वरुण पौडेलका अनुसार आज वाग्मती, गण्डकी, सुदूरपश्चिम र प्रदेश-१ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ। यस्तै यी प्रदेशमा चट्याङ्ग पर्ने सम्भावना पनि रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ। यसपालि मनसुन भित्रिएसँगै लगातारजसो भइरहेको वर्षाले धेरै ठाउँमा बाढी पहिरो गएको छ। नेपालमा जेठमा मनसुन भित्रिएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology