समायोजन खबर खोटाङ, प्रदेश १ मा आज ३५७ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १६२ महिला र १९५ पुरुष रहेका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ७३१ पुगेको छ।
प्रदेश १ मा आज २०३ जना कोरोना संक्रमित थपिएका छन। ७२६ जनाको पीसीआर परीक्षण गर्दा १०१ महिला र १०२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार झापामा ८२, मोरङमा ५४, सुनसरीमा ३९, ते¥हथुममा १३, इलाम र उदयपुरमा ३–३, ताप्लेजुङमा २, संखुवासभा र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण पुष्टि भएको छ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७५ हजार ४१० पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ३१२ रहेको मन्त्रालय जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology