• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बराहपोखरी गाउँपालिकाले खरिद गरेको एम्बुलेन्स गाउँपालिका आईपुग्यो

बराहपोखरी गाउँपालिकाले खरिद गरेको एम्बुलेन्स गाउँपालिका आईपुग्यो


समायोजन खबर
  • शनिबार, असार २६ २०७८

  • गाउँपालिकाले खरिद गरेको एम्बुलेन्स र जेसिभीका साथमा फोटो खिचाउदै गाउँपालिका अध्यक्ष,उपाध्यक्ष लगायत।

    समायोजन खबर खोटाङ, खोटाङको बराहपोखरी गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ। विरामी, असक्क्त र घाईतेलाई सहज रुपमा अस्पतालसम्म लैजान–ल्याउनका लागि सहज होस भनेर एम्बुलेन्स खरिद गरेको हो।

    आर्थिक वर्ष २०७७/०७८ मा वजेट छुट्याएर खरिद गरिएको एम्बुलेन्स शुक्रबार गाउँपालिकामा आईपुगेको छ। भारतमा खरिद गरिएको एम्बुलेन्स भन्सारमा लामो समय बस्दा ढिला आईपुगेको गाउँपालिका अध्यक्ष शालिकराम बन्जाराले बताए।

    गाउँपालिकाले गाडी किन्नुको सट्टामा ११ लाख ९५ हजार खर्चेर जनताका लागि एम्बुलेन्स खरिद गरेको हो। यस्तै, विकासे काममा सहयोग पुगोस भन्ने उद्देश्यले गाउँपालिकाले जेसिभी पनि खरिद गरेको छ। ४८ लाखमा जेसिभी खरिद गरिएको गाउँपालिका अध्यक्ष बन्जाराले बताए ।
    यसैगरी, ऐसेलुखर्क गाउँपालिकाले पनि एम्बुलेन्स खरिद गरेको छ। उसले खरिद गरेको एम्बुलेन्स १५ जेठमा गाउँपालिका आईपुगेको थियो।
    जिल्लाका दश स्थानीय तहमा आफ्नै एम्बुलेन्स छैन। दाताहरुबाट प्राप्त भएको एम्बलेन्स मात्रै छ। दाताहरुबाट आएको एम्बुलेन्स प्रायः बिग्रने समस्या हुंदा आर्थिक भार बढ्ने गरेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology