• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चौथो नगर दिवस : गरिखानेलाई प्रोत्साहन नै प्रोत्साहन

चौथो नगर दिवस : गरिखानेलाई प्रोत्साहन नै प्रोत्साहन


समायोजन खबर
  • शुक्रबार, असार १८ २०७८

  • परियार एकता समाजलाई नौमति बाजा सेट हस्तान्तरण गर्दै नगरप्रमुख दीपनारायण रिजाल लगायत।

    समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गरिखाने मन भएका तर विपन्नहरुलाई सहयोग गरेको छ। ‘समाजवाद उन्मुख, सभ्य र समृद्ध नगर दिक्तेल रुमवासीको रहर’ भन्ने नाराका साथमा आफ्नो चौथो नगर दिवसको अवसरमा पाँच वटा विधामा विभिन्न व्यक्ति तथा समुहहरुलाई सहयोग गरेको हो।

    शुक्रबार नगरपालिकाको सभाहलमा नगर दिवस मनाउँदै नगर क्षेत्रभित्रका १५ वटा आमा समुहलाई एक/एक थान कुटानी पिसानीका लागि विधुतीय मिल र लोपोन्मुख आरण पेशाको संरक्षण र प्रवद्र्धन गर्ने लक्ष्यले १५ जना आरण व्यावसायीलाई ओल्डिङ मेशिन हस्तान्तरण गरिएको नगरप्रमुखको सचिवालयले जनाएको छ।

    दिसवको असरमै ‘उपप्रमुखसँग महिला कार्यक्रम’ अन्तर्गत दिक्तेलका विपन्न एकल महिला अम्बिका खतिवडालाई निर्माण सम्पन्न भएको घर हस्तान्तरण गरिएको छ। लोप हुन लागेको नौमति बाजालाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले दिक्तेलको परियार एकता समाजलाई नौमति बाजा सेट हस्तान्तरण गरिएको छ।
    यस्तै, नगरपालिकाभित्रका केही गर्छु भन्ने फरक क्षमता भएका पाँच जनालाई जनही नगद १५ हजारका दरले प्रोत्साहन रकम प्रदान गरिएको र दिवसको अवसरमा गर्भवती महिलाहरुका लागि पोषणयुक्त झोला वितरण कार्यक्रमको शुभारम्भ गरिएको सचिवालयले जनाएको छ।

    व्यक्ति तथा समुहहरुलाई नगरप्रमुख दीपनारायण रिजाल, प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहाल, लेखा अधिकृत राजकुमार राई लगायतले सामग्री तथा रकम हस्तान्तरण गरेका थिए । नगर उपप्रमुख विणादेबी राई भने आफन्तको निधन भएको कारण कार्यक्रममा उपस्थित भईनन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology