• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा १४ सय ४२ जना कोरोनामुक्त, परीक्षणको दायरा घट्यो

खोटाङमा १४ सय ४२ जना कोरोनामुक्त, परीक्षणको दायरा घट्यो


समायोजन खबर
  • आइतबार, असार १३ २०७८

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ,खोटाङमा १ हजार ४४८ जना कोरोना संक्रमणमुक्त भएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५६१, हलेसी तुवाचुङ नगरपालिकामा २०४, रावाबेशी गाउँपालिकामा ९८, केपिलासगढी गाउँपालिकामा ५६, ऐसेलुखर्क गाउँपालिकामा ११७, जन्तेढुंगा गाउँपालिकामा ५७, खोटेहाङ गाउँपालिकामा ५६, साकेला गाउँपालिकामा १५७, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १११ र बराहपोखरी गाउँपालिकाका २५ जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ।

    स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म सात जना पुरुष र एक जना महिलाले कोरोनाबाट ज्यान गुमाएका छन्। हालसम्म २८८ जना संक्रिय संक्रमित छन्। संक्रिय संक्रमित मध्ये २७९ जना होम आईसोलेसनमा र ९ जना संस्थागत आईसोलेसनमा उपचाररत छन्।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ११६, हलेसी तुवाचुङ नगरपालिकामा २९, रावाबेशी गाउँपालिकामा १६, केपिलासगढी गाउँपालिकामा २६, ऐसेलुखर्क गाउँपालिकामा १६, जन्तेढुंगा गाउँपालिकामा १३ जना, खोटेहाङ गाउँपालिकामा १३, साकेला गाउँपालिकामा १२, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ४७ जना संक्रिय संक्रमित रहेका छन्। बराहपोखरी गाउँपालिकामा संक्रमित छैनन्।

    हालसम्म ६ हजार ८३ जनाको एन्टीजेन र १ हजार ८१६ जनाको पिसिआर परीक्षण गरी ७ हजार ८९९ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

    पछिल्लो समय जिल्लामा कोरोना परीक्षणको दायरा घटेको जनगुनासो आउन थालेको छ। प्रत्येक गाउँ–गाउँमा बिरामीहरु भईरहेको खबर दिंदा पनि सम्बन्धित स्थानीय तह तथा सरोकारवाला जागरुक नदेखिएको जनगुनासो छ। स्थानीय तहहरुले एम्बुलेन्स भनि बनाएको गाडी पहुंचवालाको लागि मात्रै हुने गरेको गुनासो पनि आउँन थालेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology