समायोजन खबर, क्रियाशील सदस्यतामा देखिएको विवादबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन्। दिउँसो दुई बजे पार्टी कार्यालय सानेपामा देउवाले बैठक बोलाएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा मुख्यगरी क्रियाशील सदस्यता छानबिन समितिले सदस्यता छानबिनका क्रममा देखा परेका समस्या सुल्झाउन मापदण्ड तयार पारेको मापदण्डका विषयमा छलफल हुनेछ।
कांग्रेसले १४ औँ महाधिवेशनका लागि ८ लाख भन्दा बढी क्रियाशील सदस्यको विवरण सार्वजनिक भएको छ। १० लाख सदस्यता पुर्याउने कांग्रेसको लक्ष्य छ।
क्रियाशील सदस्यतासम्बन्धी काम टुंग्याएर सभापति शेरबहादुर देउवालाई बुझाउन केन्द्रीय कार्यसमितिले २० गतेसम्मको समय क्रियाशील सदस्यता छानबिन समितिलाई जिम्मेवारी दिएको छ। अहिलेसम्म ५० जिल्लाका मात्र सदस्यता सार्वजनिक गरिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology