• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

राष्ट्रपतिको कार्यशैलीमा रिसाए देउवा, माधव नेपालको खुलेरै प्रशंसा

राष्ट्रपतिको कार्यशैलीमा रिसाए देउवा, माधव नेपालको खुलेरै प्रशंसा


समायोजन खबर
  • शनिबार, असार १२ २०७८

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा।

    समायोजन खबर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पदीय मर्यादा भुलेर काम गरिरहेको आरोप लगाएका छन्। शनिबार विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले राष्ट्रपतिको कडा शब्दमा आलोचना गरेका छन्।

    देवाले राष्ट्रपति भण्डारीले राष्ट्रपतिको हैसियतमा भन्दा बढी प्रधानमन्त्री ओलीको कार्यकर्ता भएर काम गरेको आरोप लगाए । प्रधानमन्त्रीका लागि आफुले बहुमत सदस्यहरुको हस्ताक्षरसहित दावी गरेको उल्लेख गर्दै उनले राष्ट्रपतिले सनाखत गर्ने प्रयास नै नगरेकोमा देउवाले आपत्ति जनाए।

    सभापति देउवाले प्रधानमन्त्री ओलीलाई लोकतन्त्रवादी र संविधानवादी नभई अधिनायकवादी भएको आरोप लगाए। आफुलाई ओलीसँग मिलेको भनेर प्रचार गरिएको सभापति देउवाले असन्तुष्टि समेत जनाए।

    यस्तै देउवाले गठबन्धनमा रहेका नेता नेपालको खुलेर प्रशंसा गरे। नेता नेपालकै नेतृत्वमा एमाले लोकतन्त्रको पक्षमा उभिने उल्लेख गर्दै उनले ओलीलाई कुनै धोका नहुने बताए। ‘माधवजी लडाकु मित्र हो। उहालाई पनि कुनै धोका हुदैन। उहाकै नेतृत्वमा एमाले लोकतन्त्रको पक्षमा उभिन्छ।’

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology