• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश १ मा ९५३ संक्रमणमुक्त, ३५७ संक्रमित थपिए

प्रदेश १ मा ९५३ संक्रमणमुक्त, ३५७ संक्रमित थपिए


समायोजन खबर
  • शुक्रबार, असार ११ २०७८

  • फाइल तस्विर।

    समायोजन खबर खोटाङ, प्रदेश १ मा शुक्रबार ९५३ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ४२३ महिला र ५३० पुरुष रहेका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५९ हजार ४३० पुगेको छ।

    प्रदेश १ मा आज ३५७ जना कोरोना संक्रमित थपिएका छन्। झापामा १००, मोरङमा ९८, सुनसरीमा ८९, पाँचथरमा ३०, धनकुटामा १२, संखुवासभामा ७, ते¥हथुममा ४, इलाम र भोजपुरमा २–२, ताप्लेजुङ, खोटाङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

    प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६९ हजार ९६४ पुगेको छ। सक्रिय संक्रमितको संख्या ९ हजार ३७४ पुगेको छ। प्रदेश १ मा आज १ हजार ४४ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये १६२ महिला र १९५ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology