• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ओलीको पछि लाग्दा १४ स्थानीय तहका जनप्रतिनिधिको पद चैट

ओलीको पछि लाग्दा १४ स्थानीय तहका जनप्रतिनिधिको पद चैट


समायोजन खबर
  • शुक्रबार, असार ११ २०७८

  • समायोजन खबर, माओवादी केन्द्रबाट निर्वाचित भएर दल बदल गरेका स्थानीय तहका १४ जनप्रतिनिधिको पद खुस्किएको छ। निर्वाचन आयोगले शुक्रबार गोरखापत्रमा सूचना जारी गर्दै १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो । उनीहरु माओवादी छाडेर नेकपा एमाले प्रवेश गरेका थिए ।

    पद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् ।

    माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी त्यसको जानकारी निर्वाचन आयोगलाई गराएको थियो । त्यसअघि नै माओवादीले दल त्याग गरेकाहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमार्फत कारबाही गरेर आयोगमा बुझाएको थियो । तर, आयोगले एकल निर्णय नमान्ने भन्दै केन्द्रीय कमिटीको निर्णय मागेको थियो ।

    रौतहट मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र रौतहटकै कटहरिया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाहा, रौतहटकै देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी, मौलापुर नगरपालिकाका उपप्रमुख गौरीशंकर प्रसाद, फतुवाविजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमलकुमारी साह र कैलाली भजनी नपाकी उपप्रमुख छायाँदेवी देवकोटाको पद रिक्त भएको छ ।

    यस्तै महोत्तरी सम्सी गाउँपालिका प्रमुख शेष फारूक, रौतहट यमुनामाई गाउँपालिका उपाध्यक्ष गीतादेवी साहको पद पनि रिक्त भएको आयोगले जानकारी दिएको छ । केही वडा अध्यक्षको पनि पद खुस्किएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology