समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले योजनाको नाम, वजेट सञ्चालन हुने स्थान नतोकी वजेट छुट्याउन खोजेको भन्दै नौ जना वडाध्यक्ष र दुई जना कार्यपालिका सदस्यले असहमति जनाएका छन्।
आर्थिक वर्ष २०७८/०७९ को नीति कार्यक्रम तथा वजेट निर्माणको क्रममा नगरप्रमुखले योजनाको नाम, वजेट सञ्चालन हुने स्थान नतोकी ४ करोड ३१ लाख वजेट छुट्याउन खोजेको भन्दै असहमति जनाएका हुन्।
मंगलबार नगर कार्यपालिकाको बैठक सम्पन्न गर्ने क्रममा नगरप्रमुख रिजालले प्रस्तावित वजेट सञ्चालन हुने स्थान नतोकी एकमुष्ट पारीत गरीयोस भनी गरेको प्रस्तावमा योजनाको नाम, प्रस्तावित वजेट सञ्चालन हुने स्थान तोकीयोस भनी पटक–पटक आग्रह तथा छलफल हुंदा एकमुष्टमै वजेट पारित गरीयोस भनि गरेको प्रस्तावमा असहमति जनाइएको लफ्याङका वडाध्यक्ष निर्मल राईले बताए।
असहमति जनाउनेमा दिक्तेलका वडाध्यक्ष टंक प्रसाद आचार्य, बाम्राङका वडाध्यक्ष ललित कुमार राई, लफ्याङका वडाध्यक्ष निर्मल राई, नेर्पाका वडाध्यक्ष माधव राई, वडा नं. ७ चिउँरीडाँडाका वडाध्यक्ष महन्त कुमार राई, पाथेकाका वडाध्यक्ष मुगाधन राई, खार्मीका वडाध्यक्ष रामचन्द्र राई, जालपाका वडाध्यक्ष विकास राई र नुनथलाका वडाध्यक्ष भिम राई छन्। यस्तै, कार्यपालिका सदस्यमा गंगा वहादुर विक र कृष्ण माया परियार छन्। उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै असहमति जनाएका हुन्।
बैठकका क्रममा नगरप्रमुख पक्षका वडाध्यक्ष र असहमति जनाउने वडाध्यक्षविच भनाभन र कुर्सी तोडफोड भएको श्रोतले जनाएको छ। नगरप्रमुख रिजाल एमालेबाट निर्वाचित नगरप्रमुख हुन्। असहमति जनाउने वडाध्यक्षहरु कांग्रेस, माओवादी, जसपा र राप्रपाबाट निर्वाचित हुन्।
हिजो उहाँहरुले अलिअलि असन्तुष्टी राख्नुभएको थियो। उहाँहरुले एकमुष्ट वजेट भनेर बुझ्नु भएछ, एकमुष्ट वजेट हैन, विषयगत कार्यालयहरुको बजेट हो त्यो। त्यसमा अलिकति प्रष्ट पारीयोस भनेर उहाँहरुले भन्नुभएको थियो। नगरप्रमुख रिजालले भने ‘त्यो विषयमा आज उहाँसँग बसेर प्रष्ट भएर उहाँहरु गईसक्नुभयो। समस्या हल भईसक्यो।’ यस नगरपालिकाले बिहीबार आर्थिक वर्ष २०७८/०७९ का लागि ८५ करोड बढि वजेट ल्याउँदैछ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology