• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा १२ सय १८ जना कोरोनामुक्त

खोटाङमा १२ सय १८ जना कोरोनामुक्त


समायोजन खबर
  • मंगलबार, असार ८ २०७८

  • दिक्तेलबजार ।

    समायोजन खबर खोटाङ,खोटाङमा १ हजार २१८ जना कोरोना संक्रमणमुक्त भएका छन्। यो समाचार तयार पार्दासम्म ६२८ जना पुरुष र ४०१ जना महिलाले कोरोना जितेका हुन्।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४२३, हलेसी तुवाचुङ नगरपालिकामा १८९, रावाबेशी गाउँपालिकामा ९८, केपिलासगढी गाउँपालिकामा ५४, ऐसेलुखर्क गाउँपालिकामा ९०, जन्तेढुंगा गाउँपालिकामा ५७, खोटेहाङ गाउँपालिकामा ५२, साकेला गाउँपालिकामा १३७, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ९३ र बराहपोखरी गाउँपालिकाका २५ जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ।

    स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म सात जना पुरुष र एक जना महिलाले कोरोनाबाट ज्यान गुमाएका छन्। हालसम्म ४२० जना संक्रिय संक्रमित छन्। संक्रिय संक्रमित मध्ये ४१० जना होम आईसोलेसनमा, १० जना संस्थागत आईसोलेसनमा उपचाररत छन्।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २१४, हलेसी तुवाचुङ नगरपालिकामा ३२, रावाबेशी गाउँपालिकामा १२, केपिलासगढी गाउँपालिकामा १३, ऐसेलुखर्क गाउँपालिकामा ३४, जन्तेढुंगा गाउँपालिकामा १२ जना, खोटेहाङ गाउँपालिकामा १३, साकेला गाउँपालिकामा ३२, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ५८ जना संक्रिय संक्रमित रहेका छन्। बराहपोखरी गाउँपालिकामा संक्रमित छैनन्।

    हालसम्म ५ हजार ६७२ जनाको एन्टीजेन र १ हजार ८१६ जनाको पिसिआर परीक्षण गरी ७ हजार ४८८ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology