समायोजन खबर खोटाङ, खोटाङको रावाबेंशी गाउँपालिकाले असिना पानीबाट पीडित बनेका किसानहरुलाई राहत वितरण गरेको छ। रावाबेंशी गाउँपालिका–६ हौचुरका असिना पीडित किसानहरुको टोलटोलमा पुगेर शुक्रबार राहत वितरण गरेको हो।
गएको बैशाख २ र १५ गते असिना पानीबाट बालिनालि, फलफुल र तरकारी नष्ट भएपछि पीडित बनेका हौचुरको पैयाँ, भोटेबास र बाघखोरका ३४ जना किसानलाई राहत स्वरुप जनही ३० केजी चामल, २ केजी दाल, २ केजी नुन र २ पोका खानेतेल वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष लिलानाथ निरौला, उपाध्यक्ष समला राई, हौचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठ, वडा सदस्य केशर गुरुङ, वडा सचिव यादव धमला, कृषि शाखा प्रमुख मुगाधन राई, पशु शाखा प्रमुख दिनेश ढुंङगाना लगायतले राहत वितरण गरेका थिए।
असिना पानीबाट बालिनालि गुमाएपछि निरास बनेका किसानलाई मल्हमपट्टि लगाउने उद्देश्यले राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए। किसानको समस्यामा स्थानीय सरकार छ है भन्ने अनुभूति गराउन राहत वितरण गरेका हौ। अध्यक्ष निरौलाले भने, ‘करीव ७५ हजार बराबरको राहत दिएका छौ।’
असिना पानीबाट उक्त भेगको ५० हेक्टर बढि जमिनमा लगाईएको प्रमुख बालीहरु आलु, मकै, गहुं, फलफुल र तरकारी पूर्णरुपमा नष्ट भएको थियो। बालिनालि नष्ट भएपछि भोकमारी चल्ने खतरा रहेको किसानहरुले बताएका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology