समायोजन खबर खोटाङ, खोटाङको ऐसेलुखर्क गाउँपालिका गाउँ कार्यपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि चार दिनका लागि सम्पूर्ण सार्वजनिक सेवाहरु बन्द गरिएको छ।
बुधबार एन्टीजेन परीक्षण गर्दा दुई जना कर्मचारीमा कोरोना संक्रमण पूष्टि भएपछि ३ असारदेखि ७ असारसम्म गाउँ कार्यपालिकाको कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सार्वजनिक सेवा बन्द गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले आज जारी गरेको सूचनामा उल्लेख छ ।
नयाँ भेरियन्ट सहितको कोरोना भाईरसले भयावह रुप लिईरहेको अवस्थामा अत्यावश्यक सेवा प्रवाह गर्ने क्रममा कर्मचारीलाई नै कोरोना देखिएपछि पहिलो पटक गाउँ कार्यपालिकाको सम्पूर्ण सेवाहरु बन्द गरिएको हो।
यसैवीच, ऐसेलुखर्क गाउँपालिका–७ माक्पाकी डाक्टर सिर्जना निरौलाको पहलमा नेपाल मेडिकल एसोसियसन काठमाण्डौले उपलब्ध गराएको १ थान अक्सिजन कन्सनट्रेटर र २० थान नेजल प्रोम प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कलाई हस्तान्तरण गरिएको छ ।
प्राप्त स्वास्थ्य सामग्री गाउँपालिका अध्यक्ष निरौलाले प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कका प्रमुखलाई बुधबार हस्तान्तरण गरेका हुन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology