• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

‘मेरी संगिनी’ एप सञ्चालनमा,दिन्छ परिवार योजनासम्बन्धी ज्ञान

‘मेरी संगिनी’ एप सञ्चालनमा,दिन्छ परिवार योजनासम्बन्धी ज्ञान


समायोजन खबर
  • मंगलबार, असार १ २०७८

  • समायोजन खबर खोटाङ, नेपाल सिआरएस कम्पनीले परिवार योजनासम्बन्धी मेरी संगिनी नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ। अस्थायी र छोटो अवधिका परिवार योजनाका साधनबारे विस्तृत जानकारी दिने उद्देश्यका साथ मेरी संगिनी मोबाइल एप सुरु गरिएको कम्पनीले जनाएको छ।

    मेरी संगिनीबाट प्रदान गरिएको अस्थायी तथा छोटो अवधिका परिवार योजनाका साधनसम्बन्धी तथा सो साधन प्रयोगबाट पर्ने असरबारेमा समेत जानकारी प्राप्त हुने बताइएको छ । खासगरी किशोर तथा किशोरी एवं नवविवाहित जोडीलाई अत्यन्त उपयोगी रहेको कम्पनीले जनाएको छ।

    एपमा भएको ‘प्राय सोधिने प्रश्नहरू’ खण्डले परिवार योजनाका अस्थायी तथा छोटो अवधिका साधन प्रयोकर्तालाई अझ विस्तृत जानकारी दिनुका साथै सम्भाव्य प्रयोगकर्तालाई साधनको सुसूचित छनोट गर्न सहयोग पुग्ने बताइएको छ। परिवार कल्याण महाशाखाका निर्देशक डा.तारानाथ पोख्रेलले परिवार योजनाका साधनको पहुँच बढाउन मोबाइल प्रविधिको भूमिका महत्वपूर्ण रहेको र मेरी संगिनी एपले उपभोक्तालाई अस्थायी गर्भनिरोधक साधनबारे सुसूचित छनोट गर्न सहयोग पुग्ने बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology