समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आमा समुहलाई विधुतीय मिल वितरण गरेको छ। नगरपालिकाको महिला लक्षित कार्यक्रम अन्तर्गत ११ वटा महिला समुहलाई कुटानी पिसानी गर्नका लागि पूर्ण अनुदानमा विधुतीय मिल वितरण गरेको हो।
डिकुवा, च्यास्मिटार, बडहरे, दुर्छिम, महादेवस्थान, धितुङ, राजापानीका ११ वटा आमा समुहलाई शनिबार नगरपालिकामा बोलाएर मिल वितरण गरिएको नगरपालिकाले जनाएको छ। डिकुवा, च्यास्मिटार भने जयरामघाट–हलेसी सडकखण्डमा पर्ने भएकाले त्यही आमा समुहलाई मिल वितरण गरिएको छ। 
नगरपालिकाले सुरु वर्षदेखि नै आमा समुहको लागि मिल वितरण गर्दै आएको छ। विजुली बत्ती भएका स्थानमा विधुतीय र बत्ती नभएको ठाउँमा ईन्धनबाट चल्ने मिल दिंदै आएको हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख बिमला राईले बताईन्। हालसम्म ५० भन्दा बढी आमा समुहलाई एकै प्रकारको मिल वितरण गरिसकिएको छ। मिल पाएपछि आमा समुहमा आबद्ध महिलाहरुको शारीरिक श्रमको बोझ कम हुने र समयको बचत हुने उपप्रमुख राईले बताईन्।
यसअघि नगरपालिकाले आमा समुहका लागि उद्यमशिलता सम्बन्धी सीप विकास तालिम, बाख्रा पालनमा सहयोग, एकल महिलालाई सहयोग गर्दै आएको छ। १५ सय घरधुरी समेटिएको आमा समुहमध्ये कुटानी पिसानी मिल नपाएका तथा अन्य अनुदान नपुगेको आमा समुहहरुलाई नदोहोरिने गरी बिउ पुँजी अनुदान दिने योजना रहेको र त्यो केही समय पश्चात कार्यन्वयनमा ल्याईने उपप्रमुख राईले जानकारी दिईन्। आमा समुहका प्रमुख तथा प्रतिनिधिलाई नगरप्रमुख इवन राई, उपप्रमुख राई लगायतले मिल हस्तान्तरण गरेका थिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology