समायोजन खबर खोटाङ, खोटाङको खोटेहाङ गाउँपालिकाले कृषकहरुलाई अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ। यान्त्रिरकणको सहायतामा व्यावसायिक कृषिमा सहयोग पुगोस भन्ने लक्ष्यले कृषि समुह तथा फर्महरुलाई ट्याक्टर वितरण गरेको हो।
गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत वार्षिक कृषि तथा पशु कार्यक्रम अन्तर्गत यान्त्रिकरणमा ७५ प्रतिशत अनुदान कार्यक्रमको मागमा आधारीत छनौट भएका ११ वटा कृषि समुह तथा फर्महरुलाई बिहीबार गाउँपालिकामा हाते ट्याक्टर वितरण गरिएको गाउँपालिकाकी कृषि विकास शाखा प्रमुख ममिता खवासले जानकारी दिईन्।
गाउँपालिकाले दम्छाल कृषक समुह, शुभलक्ष्मी कृषक समुह, बगैचा बहुउद्देश्य पशुपंन्छी तथा कृषि समुह, खतिवडा बहुउद्देश्य कृषि तथा पशु फर्म, दशमी कृषक समुह, गोदावरी कृषक समुह, बर्रे प्रगतिशिल कृषक समुह र हरियाली कृषक समुहलाई हाते ट्याक्टर वितरण गरेको हो।
यस्तै, कृषि फर्म तथा समुह नभएको खण्डमा पाँच जनाको समुहबाट आएको निवेदन र सम्बन्धित वडाको सिफारिशका आधारमा अनुदानमा ट्याक्टर दिने कार्यविधि अनुसार अनिल भट्टराई, गणेश अधिकारी र पदम बहादुर न्यौपानेको समुहलाई पनि ट्याक्टर वितरण गरिएको कृषि विकास शाखा प्रमुख खवासले बताईन् ।
गाउँपालिका अध्यक्ष प्रदिप राई, उपाध्यक्ष कविता राई, कृषि विकास शाखा प्रमुख लगायतले कृषि फर्म तथा समुहका प्रमुख तथा प्रतिनिधिलाई हाते ट्याक्टर हस्तान्तरण गरेका थिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology