• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपाल अष्ट्रेलियासँग ३-० ले पराजित

नेपाल अष्ट्रेलियासँग ३-० ले पराजित


समायोजन खबर
  • शनिबार, जेष्ठ २९ २०७८

  • समायोजन खबर खोटाङ, विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ३–० ले पराजित भएको छ। कुवेतको जाबेर अल अहमद इन्टरनेशनल स्टेडियमा शुक्रबार राती भएको खेलमा नेपालले दोस्रो हाफमा एक खेलाडी कम रहेर खेलेको थियो । त्यसका बावजुत पनि नेपालले अष्ट्रेलिया विरुद्ध ३ गोल मात्र व्यहोरेको हो ।

    पहिलो हाफमा अष्ट्रेलियाले नेपालविरुद्ध दुई गोल गरेको थियो भने नेपालका रोहित चन्दले रातो कार्ड पाउनुभएको थियो। दोस्रो हाफमा अष्ट्रेलियाले एक गोल मात्र थप्यो। यसअघि २०१९ मा अष्ट्रेलियामा खेलेको खेलमा नेपाल ५(० ले पराजित भएको थियो।

    विश्वकप छनोटबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा बलियो टिम अष्ट्रेलियासँग नतिजाभन्दा पनि प्रदर्शनमा जोड दिने नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलअघि बताउनुभएको थियो। उहाँले अष्ट्रेलिया विरुद्धको खेलमा अघिल्लो खेलमा जोर्डन विरुद्ध खेलेका नेपाली टिममा पाँच खेलाडी परिवर्तन गर्नुभएको थियो।

    अन्जन विष्टसहित अभिषेक रिजाल सन्तोष तामाङ दिनेश राजवंशी र विकास खवासको स्थानमा नवयुग श्रेष्ठ सुनिल बल एरिक विष्ट विशाल राई र गौतम श्रेष्ठ पहिलो रोजाईँमा खेल्नुभएको थियो। यस्तै अष्ट्रेलियाविरुद्ध नेपालका तीन युवा खेलाडीले डेब्यु गरेका छन्। पहिलो पटक राष्ट्रिय टिममा पर्नुभएका आयुष घलान, सुरजज्यु ठकुरी र कमल थापाले दोस्रो हाफमा मेदान प्रवेश गर्दै राष्ट्रिय टिममा डेब्यु गर्नुभएको हो। तीनै खेलाडी इन्जुरी टाइममा मैदान प्रवेश गरेका थिए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology