समायोजन खबर खोटाङ, नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा र यसअघिको प्राप्त विवरणसहित एक सय आठ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार ९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार एक सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। १२ हजार ६५ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार आठ सय ७० जना र पाँच हजार ६ सय ११ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार दुई सय ८३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६ लाख ११ हजार तीन सय आठ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा ६ हजार पाँच सय ७० जना निको भएसँगै निको हुनेको सङ्ख्या पाँच लाख चार हजार पाँच सय ३० पुगेको छ। अहिले नेपालमा ८२ हजार सात सय ३६ जना सक्रिय सङ्क्रमित रहेका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology