• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

संक्रमित भन्दा संक्रमणमुक्त हुने बढी

संक्रमित भन्दा संक्रमणमुक्त हुने बढी


समायोजन खबर
  • आइतबार, जेष्ठ २३ २०७८

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा देशभरमा संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आईतबार थप ३,४७९ जनामा संक्रमण पुष्टि हुंदा ६,६३६ जना संक्रमणमुक्त भएका छन्।

    आज १०,४७१ पीसीआर परीक्षणबाट ३,०२४ र ३,२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३,४७९ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ।

    संक्रमणमुक्त हुनेहरु विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसन र आइसोलेसन सेन्टरबाट कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

    यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या चार लाख ९१ हजार नौ पुगेको छ। मन्त्रालयका अनुसार कोरोना संक्रमणमुक्त हुने दर ८३.५ प्रतिशत रहेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology