समायोजन खबर, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी समिति बैठकले संगठन निर्माणमा सक्रिय बन्न कार्यकर्तालाई आह्वान गरेको छ।
नेपाल पक्षको केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकको निर्णयमा केपी शर्मा ओलीबाट निरन्तर फुट र गुटको अभ्यास भइरहेकाले कुनै ठोस परिणाम नआई पार्टी एकताको नाममा हुने प्रचार भ्रममा नपर्न समेत कार्यकर्तालाई आग्रह गरिएको छ।
बैठकबाट पारित प्रस्तावमा माधवकुमार नेपाल समूहले आफूहरुले अघि सारेका मागहरु निश्चित समयावधिमा विश्वसनीय रुपमा कार्यान्वयन हुने गरी सहमति सार्वजनिक भए मात्र अध्यक्ष केपी शर्मा ओली एकताको पक्षमा रहेको ठहरिने निष्कर्ष समेत निकालेको छ।
नेपाल समुह वार्ता र एकताको नाममा षड्यन्त्र र जालझेलमा अलमलिनु नहुने समेत निष्कर्षमा पुगेको छ। नेपालको संविधान, पार्टीको विधान र कम्युनिस्ट आन्दोलन र लोकतन्त्रको रक्षाका लागि बाध्य भएर वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने नेपाल पक्षले चेतावनी दिएको छ।
नेपाल समूहले संगठनात्मक स्थितिलाई वडा र टोलसम्म अगाडि बढाउने निर्णय पनि गरेको छ। पार्टी एकताका नाममा हुने प्रचार र भ्रममा नपरी आ–आफ्नो ठाउँमा सशक्त र एकतावद्ध रुपमा संगठन निर्माणको काममा सक्रिय रहन, उत्साहित भएर सबैको मनोबल उच्च बनाउन सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरुमा नेपाल समुहले आह्वान समेत गरेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology