• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जसलाई आफैं मरेको खबर आयो !

जसलाई आफैं मरेको खबर आयो !


समायोजन खबर
  • आइतबार, जेष्ठ २३ २०७८

  • बागलुङको गलकोट नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष तिलक घर्ती मगर।

    डम्मर बुढा मगर बागलुङ, शनिबार दिउँसो तीन बजे बागलुङ गलकोट नगरपालिका वडा नम्बर १० पाण्डपखानीका वडा अध्यक्ष तिलक घर्ती मगरको मोवाइलमा स्वास्थ्य संयोजक मिनराज गैरेको फोन आयो। ‘तिलक सर बोल्नुभयो रु, तपाई ठिकै हुनुहुन्छ सर रु’ गैरेले प्रश्न गरे।

    ‘हजुर सर मलाई आरमै छ, म ठिक छु’ अध्यक्ष मगरले जवाफ दिए। गैरेले ‘खुसी लाग्यो, भन्दै लामो श्वास फेरे’। अध्यक्ष मगरले प्रश्न गरे ‘किन के भयो र सर रु’ त्यसपछि गैरेले भने ‘सर तपाईको बारेमा दुःखद खबर सामाजिक सञ्जालमा आएको थियो, म त झस्किँदै तपाईलाई फोन गरेको।’

    गरैको फोन आएपछि अध्यक्ष घर्ती मगरलाई देश तथा विदेशबाट फोन आउन थाले। उनलाई फोन गरेका अधिकांशले सोधे ‘तपाई तिलक सर बोल्नु भो रु, तपाई सञ्चै हुनुहुन्छ रु’ उहाँलाई यसको जवाफ दिन भ्याइनभ्याइ भयो।

    शनिबार दिउँसो गलकोट अपडेट र गलकोट बागलुङ नेपाल फेसबुक एकाउन्टबाट अध्यक्ष घर्तीलाई श्रद्धाञ्जली दिइएको थियो। ती दुवै फेसबुक एकाउन्टमा ‘निष्ठुरी दैव, तलाई नी राम्रै मान्छे चुन्नु पर्ने रु गलकोट नगरपालिका वडा नम्बर १० पाण्डवखानीका वडा अध्यक्ष र नेपाल राष्ट्रिय मगर संघ जिल्ला अध्यक्ष समेत रहनु भएका तिलक मगर जी प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चान्छौ। रेस्ट इन पिस। शोकाकुल परिवारलाई धैरै धारण गर्ने शक्ति मिलोस्’ भन्दै दुख व्यक्त गरिएको छ।

    अध्यक्ष मगरले इन्टरनेट अवरुद्ध भएको कारण त्यो पोस्ट तत्कालै हेर्न सक्नु भएन। साँझ मात्रै त्यो पोस्ट देखेपछि अध्यक्ष मगरले आफ्नो फेसबुक एकाउन्ट मार्फत आफू सकुशल रहेको जानकारी गराउनु भएको छ।

    अध्यक्ष घर्तीले आफ्नो फेसबुक एकान्टमा लेख्नु भएको छ। ‘कोहि मित्रले जे सोच्दै हुनुहुन्थ्यो, भगवानको कृपाले त्यो अहिले नै नहोस्, आखिर जन्मसँगै मृत्यु सत्य छ । केही मित्रजनबाट मेरो बारेमा मृत्यु परान्त दिइने सद्भाव प्रकट गर्नु भएको रहेछ । मेरो शुभ चिन्तक आफन्त तथा सम्पुर्ण साथीहरूमा यो गलत भएको र म सकुशल रहेको जानकारी गराउदछु।’

    केही दिनदेखि हावाहुरीले गर्दा फोन इन्टरनेट अबरुद्ध भएको हुँदा सामाजिक सञ्जाल हेर्न नपाएको र फोन समेत गर्न नसकेको भन्दै उहाँले पछि त्यो पोस्ट देख्दा आफूलाई पनि दुःख लागेको उहाँले बताउनुभयो।

    ‘विहानैदेखि फोन इन्टरनेटले कामै गरेको थिएन, त्यसले गर्दा सामाजिक सञ्जालहरु पनि हेर्न पाएको थिएन, फोन पनि भएको थिएन, दिउँसो एक्कासी मिनराज सरले फोन गरेर त्यस्तो कुरा सुनाउँदा म आफै झस्किए, त्यसपछि धेरै सार्थीहरुले फोन गर्न थाल्नुभयो’ अध्यक्ष मगरले भन्नुभयो।

    अध्यक्ष मगरले आफूलाई कुनै पनि स्वास्थ्य समस्या नभएको र गाउँमै काम गरेर बसि रहेको भन्दै यसले आफ्नो शुभ चिन्तकहरुमा असर पुगेको बताउनुभयो। आफूले यस विषयमा जिल्ला प्रहरी कार्यालय बागलुङमा जानकारी गराएको भन्दै उहाँले आइतबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा उजुरी दिने बताउनुभयो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology