समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ४२ जना व्यक्ति कोरोना संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४७१ जनाको पिसिआर र ५ हजार ३४३ जनाको एन्टीजेन परीक्षण गरिएको थियो । पाँच हजार ३४३ एन्टीजेन परीक्षण गरिएकोमा एक हजार ५०२ को रिपोर्ट पोजेटिभ आएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ८ हजार २४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ४ लाख ८४ हजार ३७३ जना संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६८ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म पिसिआर परीक्षणमा ५ लाख ८५ हजार १०० र एन्टीजेन परीक्षणबाट १३ हजार १०४ जनामा कोरोना संक्रमण देखिएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology