समायोजन खबर खोटाङ,खोटाङको खोटेहाङ गाउँपालिकाले भारत लगायतका मुलुकबाट गाउँपालिका भित्रनेलाई सिधै क्वारेन्टिनमा राख्ने गरेको छ। कोरोना महामारीको बीचमा भारत तथा तेश्रो मुलुकबाट आएकाहरुलाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टिनमा राख्ने गरेको हो
स्वास्थ्य चौकी खोटाङबजारमा गाउँपालिकाले स्थापना गरेको क्वारेन्टिनमा राखिने गरिएको छ। भारतको हैदरावादबाट आएका सात जना र अन्य मुलुकबाट आएका तीन जना गरी दश जनालाई क्वारेन्टिनमा राखिएको गाउँपालिकाले जनाएको छ।
तराई तथा काठमाण्डौबाट आउने व्यक्तिको हकमा स्वयम् व्यक्ति, परिवार र छिमेकीहरुसँग परामर्श गरेर उहाँको घरमा बस्ने संरचनागत अवस्था राम्रो छ, घरमा सुरक्षित बस्छु भनेर वडाको प्रतिवद्दता फारम (फरम्याट)मा हस्ताक्षर गरेमा होम क्वारेन्टिनमा बस्न दिईने गाउँपालिका अध्यक्ष प्रदिप राईले बताए। त्यस्ता व्यक्ति होम क्वारेन्टिनमा सुरक्षित ढंगले नबसेमा र बाहिरबाट बिरोधका कुराहरु आएमा गाउँपालिकाको क्वारेन्टिनमा लगेर राख्ने गरेका छौ। अध्यक्ष राईले भने।
यस्तै, अस्थाई कोभिड अस्पतालमा चाहिने स्वास्थ्य सामग्री तथा औजारहरु तयारी अवस्थामा राखिएका छन्। संक्रमितहरुमा गम्भीर समस्या देखिएको खण्डमा उद्धारका लागि युके सेवा समाजबाट प्राप्त एम्बुलेन्सलाई गाउँपालिकाले मर्मतसंभार गरेर स्टेण्डबाइ राखिएको र आवश्यकता परेको खण्डमा गाउँपालिकाको गाडीले पनि बिरामी बोक्ने जनाईएकोे छ।
संक्रमित भई होम आइसोलेसन तथा संस्थागत आईसोलेसनमा बसेकाहरुसँग भेटघाट तथा मनोपरामर्श दिने काम पनि भईरहेको अध्यक्ष राईले बताए । यस गाउँपालिकाले हालसम्म १९७ जनाको पिसिआर र ८५ जनाको एन्टीजेन परीक्षण गर्दा कूल संक्रमित संख्या ५० जना पुगेको छ। नौ जना संक्रमणमुक्त भएर घर फर्केका छन्।
४१ जना संक्रिय संक्रमितमा तीन जना कोभिड अस्पतालमा उपचाररत छन्। अन्य होम आइसोलेसनमा बसेका छन्। जिल्लाभर संक्रिय संक्रमितको संख्या ७१० पुगेको छ
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology