• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जेठ मसान्तसम्म अत्यावश्यक बाहेकका सेवा बन्द

जेठ मसान्तसम्म अत्यावश्यक बाहेकका सेवा बन्द


समायोजन खबर
  • शुक्रबार, जेष्ठ २१ २०७८

  • समायोजन खबर खोटाङ,खोटाङको ऐसेलुखर्क गाउँपालिकाले जेठ मसान्तसम्म अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेको छ। गाउँपालिकाभित्र कोरोनाको संक्रमण दर बढिरहेकाले कोरोना भाईरसबाट आफु बचौं र अरुलाई पनि बचाऔं भन्ने कुरालाई मध्यनजर गर्दै अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेको हो।

    प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादवले शुक्रबार सूचना जारी गर्दै २२ जेठदेखि ३१ जेठसम्म गाउँपालिकाभित्र अत्यावश्यक बाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द गरिएको जानकारी दिईन्।

    यो अवधिमा स्वास्थ्य संस्था बाहेक सरकारी, गैर सरकारी कार्यालय, विद्यालय, व्यापार/व्यवसाय, होटल बैंक तथा बित्तीय संस्था समन्वय गरी व्यवस्थापन गर्नेे तथा जमघट र भेला हुने सम्पूर्ण कार्यहरु पूर्णरुपमा बन्द हुनेछ।

    गाउँपालिकाबाट सञ्चालन हुने सम्पूर्ण यातायातका सवारी साधन आवगमनमा रोक लगाइएको छ। गाउँपालिकाको निर्णय विपरीत कार्य गरेमा संक्रमण रोग २०२० बमोजिम जो कोहीलाई कारबाही गरिने गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा यो गाउँपालिका कठोर बन्दै आएको छ।

    यसअघि पनि पटक–पटक गाउँपालिकाभित्र अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको थियो। हालसम्म यस गाउँपालिकामा कूल संक्रमित संख्या ९५ जना पुग्दा १ जनाको निधन भएको छ। ४१ जना संक्रमणमुक्त भएका छन्। ५३ जना संक्रिय संक्रमित छन्। उनीहरु होम आईसोलेसनमा बसेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology