समायोजन खबर खोटाङ, खोटाङका एक दम्पत्तिको कोरोना संक्रमणबाट निधन भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल आचार्य गाउँ घर भई भक्तपुर कौशलटार बस्दै आएका ति दम्पत्तिको पाँच दिनको अन्तरालमा निधन भएको हो।
कोभिड १९ संक्रमण पूष्टि भएपछि काठमाण्डौ मेडिकल कलेज (केएमसी)मा भेन्टिलेटरमा राखेर उपचार हुंदाहुंदै ४८ वर्षीया गंगादेबी आचार्यको बिहीबार निधन भएको आफन्तले जनाएको छ। ता कि उनको श्रीमान ५२ वर्षीय केदार आचार्यको ट्रमा सेन्टरमा भेन्टिलेटर राखेर उपचार गर्दागर्दै गत आईतबार मात्रै निधन भएको थियो।
पाँच दिनको अन्तरालमा दम्पत्तिको निधन भएपछि परीवारमा बज्रपात आईपरेको छ। निधन भएका दम्पत्तिको परिवारमा दुई छोरा र एक छोरी छन्। जेठा छोरा संक्रमित भई निको भएर घर फर्केका छन्। कान्छा छोरा अष्ट्रेलियामा छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology