• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश १ मा १,०४२ जना संक्रमणमुक्त, ७१८ संक्रमित थपिए

प्रदेश १ मा १,०४२ जना संक्रमणमुक्त, ७१८ संक्रमित थपिए


समायोजन खबर
  • बुधबार, जेष्ठ १९ २०७८

  • समायोजन खबर खोटाङ, प्रदेश १ मा आज १,०४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४४१ महिला र ६०१ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङबाट मात्रै आज ५४५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३८ हजार ४३० पुगेको छ।

    प्रदेश १ मा आज ७१८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३०२, झापामा २९३, सुनसरीमा ४५, इलाममा २७, सोलुखुम्वुमा १३, धनकुटामा ७, उदयपुरमा ४, खोटाङमा ३, पाँचथर, ताप्लेजुङ, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

    प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५९ हजार ४६० पुगेको छ । सक्रिय संक्रमितको संख्या २० हजार १०५ पुगेको छ । प्रदेश १ मा आज १ हजार ८०२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २९९ महिला र ४१९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology