समायोजन खबर खोटाङ, खोटाङमा कोरोना संक्रमणका कारण थप एक जना पुरुषको निधन भएको छ। केपिलासगढी गाउँपालिका–४ बाक्सिला हलकुमका ८२ वर्षीय बृद्धको निधन भएको हो।
सोमबार साँझ ५ बजे निधन भएका बृद्धमा एन्टीजेन परीक्षण गर्दा कोरोना संक्रमण देखिएको केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए। उनी दिर्घरोगी रहेको अध्यक्ष राईले बताए।
संक्रमणबाट निधन भएकाको शव व्यवस्थापन गर्ने काम नेपाली सेनाले गरिरहेको छ। योसँगै कोभिडका कारण जिल्लामा निधन हुनेको संख्या चार पुगेको छ।
यसअघि ऐसेलुखर्क गाउँपालिकामा एक जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा दुई जनाको कोरोना संक्रमणबाट निधन भएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology