• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

राष्ट्रिय सभा उपनिर्वाचनमा कांग्रेसका पाण्डेय विजयी

राष्ट्रिय सभा उपनिर्वाचनमा कांग्रेसका पाण्डेय विजयी


समायोजन खबर
  • सोमबार, जेष्ठ १७ २०७८

  • समायोजन खबर खोटाङ, लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी हुनुभएको छ ।

    पाण्डेयले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराउनुभएको छ। पाण्डेयले ४१४० मत प्राप्त गर्नुभयो भने खड्काले  ३५९४ मत प्राप्त गर्नुभयो । कांग्रेस उम्मेदवार पाण्डेयलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम–उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन थियो।

    आजको मतदानमा २९७ जनाले मतदान गरेका थिए। त्यसमध्ये स्थानीय तहतर्फ खसेको २१२ मध्ये १ मत बदर भएको थियो। २११ मतमध्ये  पाण्डेयले ११८ मत प्राप्त गर्नुभयो भने एमालेका उम्मेदवार  खड्काले ९३ मत प्राप्त गर्नुभयो । प्रदेश सभाका ८३ मतमध्ये पनि एक मत बदर भएको थियो। पाण्डेले ४२ मत पाएका प्राप्त गर्नुभयो ।भने खड्काले  ४० मत प्राप्त गर्नुभयो ।दाङको घोराही उप–महानगरापालिकास्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो ।

    निर्वाचनमा स्थानीय तहतर्फ तीन जनाले मतदान गरेका गरेनन् । निर्वाचन कार्यालयका अनुसार मतदान नगर्नेमा स्थानीय तहतर्फ बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुखसहित अन्य दुई स्थानीय तहका प्रमुखहरु रहेका छन् । मतदान गर्ने समयम ३ बजेसम्म तोकिएको थियो  । उपनिर्वाचनमा ३०० जना मतदाता थिए ।

    नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित अर्घाखाँचीका चन्द्रबहादुर खड्काले एमाले प्रवेश गरेपछि उहा पदमुक्त हुनुभएको थियो। त्यसपछि रिक्त पदमा नेकपा एमालेबाट खड्का नै उम्मेदवार बन्नुुभएको थियो भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थनमा कांग्रेसका दृगनारायण पाण्डेय उम्मेदवार बन्नुभएकोे थियो । निर्वाचनका लागि कार्यालयले प्रदेश सांसद, स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष तथा उपाध्यक्ष र कोरोना संक्रमितका लागि छुट्टाछुट्टै व्यवस्था गरेको थियो । मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिएको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology