• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा संक्रमित भन्दा संक्रमणमुक्त हुने बढि

खोटाङमा संक्रमित भन्दा संक्रमणमुक्त हुने बढि


समायोजन खबर
  • आइतबार, जेष्ठ १६ २०७८

  • संक्रमितलाई विदाई गर्दै नर्स। फाईल तस्विर।

    समायोजन खबर खोटाङ, खोटाङमा कोरोना संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढेको छ। आईतबार एकैदिन ८९ जना संक्रमणमुक्त भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ८२ जना, हलेसी तुवाचुङ नगरपालिकामा ३ जना तथा खोटेहाङ गाउँपालिकामा ४ जना संक्रमणमुक्त भएका हुन्।

    योसँगै संक्रमणमुक्त हुनेको कूल संख्या २०७ जना पुगेको छ। हालसम्म संक्रमणका कारण जिल्लामा ३ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्यमा जटिल समस्या देखिएका दश जनालाई रिफर गरिएको छ।

    आईतबार एन्टीजेन तथा पिसिआर परीक्षण गर्दा २७ जनामा संक्रमण पूष्टि भएको छ। जसमा जिल्ला अस्पतालमा ८ जना, साकेला गाउँपालिकामा १ जना, केपिलासगढी गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २–२ जना, रावाबेशी गाउँपालिकामा १४ जनामा कोरोना भाईरसको संक्रमण देखिएको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ।

    दुई नगरपालिका आठ गाउँपालिकामा अहिलेसम्म कूल संक्रमित संख्या ७८४ जना पुगेको छ। ५७४ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन लामीछाने बताए।

    हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १४७ जना, हलेसी तुवाचुङ नगरपालिकामा ९९ जना, साकेला गाउँपालिकामा ५६ जना, ऐसेलुखर्क गाउँपालिकामा ४८ जना, रावाबेसी गाउँपालिकामा ४९ जना, केपिलासगढी गाउँपालिमा २१ जना, खोटेहाङ गाउँपालिकामा २७ जना, जन्तेढुंगा गाउँपालिकामा ४२ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ६१ जना र बराहपोखरी गाउँपालिकामा ९ जना संक्रिय संक्रमित छन् । संक्रमितमध्ये अधिकांश होम आइसोलेसनमा र केही भने स्वास्थ्य संस्थामा सामान्य उपचारमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology