समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कोरोना संक्रमण दर फैलन नदिन अनुगमन तथा होम आइसोलेसनमा बसेका बिरामीहरुसँग भेटघाट अभियान थालेको छ। नगरपालिकाले आईतबारदेखि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको हलेसीबजार क्षेत्रबाट अभियान थालनी गरेको हो।
हलेसीबजारमा संक्रमित संख्या बढेकाले जोखिम बढेसँगै होम आइसोलेसनमा बसेका संक्रमितहरुको स्वास्थ्य अवस्था कस्तो छ, आइसोलेसनमा बस्नुपर्ने नियमहरु पालना गरेको छ/छैन, संक्रमितको शरीरमा अक्सिजनको मात्रा के छ, रुघाखोकी, ज्वरो मापन, स्वास्थ्य परामर्श, संक्रमितहरुको स्वास्थ्य परीक्षण, मनोपरामर्श, स्वास्थ्य सामग्री र औषधी वितरण गरेर अभियान सुरुवात गरिएको नगरप्रमुख इवन राईले बताए। नगरप्रमुख राईका अनुसार यो अभियानमा सम्पुर्ण वडालाई पनि परिचालन गरिनेछ।
अभियान थालनीमा नगरप्रमुख राई, उपप्रमुख बिमला राई, स्वास्थ्यकर्मी संक्रमितको घर–घर पुगेका थिए। यो अभियानले संक्रमण रोकथाममा सहयोग र होम आइसोलेसनमा बसेका संक्रमितलाई हौसला प्रदान गर्ने नगरपालिकाकी उपप्रमुख बिमला राईले बताईन्।
यो नगरपालिकामा हालसम्म कूल संक्रमित १२१ जना पुग्दा ९९ जना संक्रिय संक्रमित छन् । २२ जना संक्रमणमुक्त भएका छन्। संस्थागत आइसोलेसनमा उपचाररत ५ जनामध्ये ३ जनालाई आवश्कताको आधारमा अक्सिजन दिइएको र अन्य होम आइसोलेसनमा बसेको नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले जानकारी दिए।
यसैवीच, नगरपालिकामा मौज्दात अक्सिजन ६४ वटा पुगेको छ। शनिबार नगरपालिकाले ४७ वटा अक्सिजन सिलिण्डर खरीद गरेर ल्याएपछि अक्सिजनको संख्या ६४ पुगेको हो। शनिबार ४७ लिटरको ३२ वटा, १२ लिटरको १० वटा र १० लिटरको ५ वटा अक्सिजन सिलिण्डर खरीद गरिएको हो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology