• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

उपप्रमुख राईले दिईन् संक्रमित गर्भवती महिलालाई पोषिलो खानेकुरा

उपप्रमुख राईले दिईन् संक्रमित गर्भवती महिलालाई पोषिलो खानेकुरा


समायोजन खबर
  • आइतबार, जेष्ठ १६ २०७८

  • संक्रमित गर्भवती महिलालाई पोषिलो खानेकुरा प्रदान गर्दै हलेसी तुवातुङ नगरपालिकाकी उपप्रमुख बिमला राई।

    समायोजन खबर खोटाङ, हलेसी तुवातुङ नगरपालिकाकी उपप्रमुख बिमला राईले कोरोना संक्रमित एक जना गर्भवती महिलालाई पोषिलो खानेकुरा प्रदान गरेकी छन् ।

    आफ्नै खर्चमा उपप्रमुख राईले शनिवार हलेसी तुवातुङ नगरपालिका–४ बडहरेकी २१ वर्षीया मनिषा कटवाललाई दुई क्यारेट अण्डा, दुई डल्ला नुहाउने साबुन र एक बट्टा हर्लिक्स प्रदान गरेकी हुन ।

    तीन पटक परिक्षण गर्दा पनि कोरोना पोजेटिभ देखिएर २० दिनसम्म होम आइसोलेसनमा बसेकी ती महिलालाई उपप्रमुख राईले शनिवार घरैमा पुगेर पोषिलो खानेकुरा प्रदान गरेकी हुन।

    उपप्रमुखको नेतृत्वमा गएका स्वास्थ्यकर्मीको टोलीले शनिवार एन्टिजेन परीक्षण गर्दा ती महिलाको रिपोर्ट नेगेटिभ आएको छ। कोरोनामुक्त भएपछि उनी खुशी भएकी छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology