समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १४ हजार ६ जनाको पीसीआर र ७४६ जनाको एन्टीजेन परीक्षणका क्रममा ४ हजार ४ सय ८७ जनामा संक्रमण पुष्टि छ। यो सँगै कुल संक्रमितको संख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको छ। जसमध्ये १ लाख ११ हजार ५ सय ९ जना सक्रिय संक्रमित छन्।
योसंगै कुल संक्रमितको संख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा संक्रमणबाट ११६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ६ हजार ८० जना संक्रमणमुक्त भएका छन्। हालसम्म ४ लाख ३४ हजार ७ सय ५० जना संक्रमणमुक्त भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology