समायोजन खबर खोटाङ, खोटाङका दुई जनाको कोरोना संक्रमणका कारण एकै दिन निधन भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ४८ वर्षीय लेख बहादुर खड्का र ऐंसेलुखर्क गाउँपालिका–५ महेश्वरीका २८ वर्षीय रामजनम राईको निधन भएको हो।
विरामी भएपछि खड्काको जेठ १२ गते परीक्षण गर्दा कोरोना पुष्टि भएको बताइएको छ। स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि शुक्रबार थप उपचारको लागि लैजानेक्रममा उदयपुरको कटारी पुगेपछि खड्काको निधन भएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिए।
यस्तै, राईलाई पनि केही दिन अघि कोरोना पुष्टि भएको बताइएको छ। उनको काठमाडौंको कुपोण्डोलस्थित सर्वाङ अस्पतालमा उपचारको क्रममा शुक्रबार निधन भएको आफन्तले जनाएको छ। राई काठमाडौंमै बसरे संगीत क्षेत्रमा काम गर्दै आएका थिए। मरे कटुन्जे बोलको गीतले राईको संगीत क्षेत्रमा बाटो खुलेको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology