समायोजन खबर खोटाङ, संसद विघटनपछिको अवस्थाबारे विपक्षी दलका नेताहरु छलफलमा जुट्नु भएको छ। सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा पाँच दलका शीर्ष नेता छलफलमा जुट्नु भएको हो।
कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलबीच छलफल जारी रहेको छ।
स्रोतकाअनुसार केहीबेर अगाडिदेखि उहाँहरू छलफलमा जुट्नु भएको हो। समसामयिक राजनीतिक अवस्था, संसद विघटनलगायतका विषयमा छलफल गर्न उहाँहरु छलफलमा जुट्नु भएको अनुमान गरिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology